“ठगी सम्बन्धी कसूरमा फरार रहेको प्रतिवादी पक्राउ”
२०८१-१०-०९
- A
- A-
- A+
जिल्ला नुवाकोट ककनी गा.पा.वडा नं.२
घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १६ बस्ने सानुवावु घिमिरेको छोरा बर्ष ३५ को कुशल ठकुरी भन्ने दिनेश
घिमिरेले विभिन्न व्यक्तिहरुला त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा आएको
सुनहरु, Apple Company को मोवाईल
फोनहरु र भन्सारको
लिलाम रहने Scorpio,Creata
लगायतका गाडीहरु सस्तोमा
दिलाईदिने भनि आफ्नो तथा आफुले भनेका बैंक एकाउण्टहरु तथा आफ्नै खल्ती Apps मा रकम जम्मा गर्न लगाई ठगी गरी फरार रहेकोमा मिति
२०८१।०६।२० गते सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भई
यस कार्यालयबाट खोजतलास गर्ने क्रममा मिति २०८१।१०।०८ गते २२:०० बजेको
समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं.२६ ठमेलबाट पक्राउ गरी निजलाई ठगी
सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौ पठाईएको ।
पक्राउ
व्यक्तिको विवरणः
नामथर
: कुशल ठकुरी भन्ने दिनेश घिमिरे
उमेर
: ३५ बर्ष
ठेगाना : जिल्ला नुवाकोट ककनी गाउँपालिका वडा नं.२ ।