" गैँडाको खाग सहित मानिस पक्राउ "
२०७८-०९-२५
संरक्षित बन्यजन्तु गैँडाको खाग अवैध रुपमा बिक्री बितरण भैरहेको भन्ने गोप्य सुचनाको आधारमा यस महानगरीय अपराध महाशाखाबाट खटिएको बिषेश प्रहरी टोलीले उक्त कार्यमा संलग्न रहेका निम्न ब्यक्तिहरुलाई का.जि.का.म.न.पा बौद्द बाट संरक्षित बन्यजन्तु गैँडाको खाग जस्तो देखिने बस्तु (तौल-१ किलो १० ग्राम ) सहित मिति २०७८।०९।०२ गते १५:०० बजेको समयमा पक्राउ गरी थप अनुसन्धानको लागि मिति २०७८।०९।०५ गते जिल्ला डिभिजन वन कार्यालय हात्तीसार काठमाण्डौ पठाईएको ।
पक्राउ परेको व्यक्तिहरु :-
१.जिल्ला काभ्रे बेदान गा.पा.वडा नं.४ घर भई बस्ने बर्ष ४१ को बिरमान तमाङ् ।
२.जिल्ला काभ्रे पाँचखाल न.पा.वडा नं.६ घर भई बस्ने बर्ष ४२ को बेद बहादुर दनुवार ।
३.जिल्ला सिन्धुली घर भई हाल का.जि.बौद्द बस्ने बर्ष ४१ को भिम बहुर थिङ ।
४.जिल्ला काभ्रे पाँचखाल घर भई बस्ने बर्ष २० को नवराज गिरी ।
५.जिल्ला काभ्रे खानिखोला गा.पा.वडा नं.५ घर भई हाल जिल्ला भक्तपुर तेजबिनायक गठ्ठाघर बस्ने बर्ष ३२ को भिम तमाङ ।
६.जिल्ला काभ्रे पाँचखाल न.पा.वडा नं.३ घर भई ऐ ऐ वडा नं.४ बस्ने बर्ष ३१ को सोहन कार्की ।
मिति २०७८/०९/०५ गते ।