“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-१०-०९
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भन्दै लामो
समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको
जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई
काठमाण्डौं उपत्यकाको विभिन्न
स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक
रोजगार विभाग ताहाचल, काठमाडौँमा
पठाईएको ।
पक्राउ व्यक्तिहरु:-
१. नाम थर
:- सुमन्द्र अधिकारी उमेर :- ५० वर्ष
वतन :- जिल्ला कपिलवस्तु बुद्धभुमि न.पा. वडा नं.०७ । हाल :- काठमाडौं जिल्ला का.म.न.पा. वडा नं.०२ । बिगो रकम :- रु. ८,००,०००।– (आठ लाख) देश :- माल्दिभ्स पक्राउ स्थान :-
जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.८, रातोपुल । पक्राउ मिति :-
२०८१।१०।०८ गते । पीडित संख्या:- १ जना
|
२. नाम थर
:-राजमान तामाङ उमेर :- ४२ वर्ष वतन :- जिल्ला
चितवन राप्ती न.पा. वडा नं.१२ देउरालीटार । हाल :- ललितपुर जिल्ला ललितपुर म.न.पा. ग्वार्को बिगो रकम :- रु. २,०५,५००।– (दुई लाख पाँच हजार पाँच सय) देश :- यु.ए.ई. पक्राउ स्थान :- काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं.०९ । पक्राउ मिति :- २०८१।१०।०८ गते । पीडित संख्या :- १
जना |
३. नाम थर :-सुमन्ता लिम्बु उमेर :-३० वर्ष वतन :-जिल्ला ताप्लेजुङ सिदिङवा
गा.पा. वडा नं.५ । हाल :-जिल्ला भक्तपुर मध्यपुर
ठिमी न.पा. वडा नं.०८ । बिगो रकम :-रु. ५,००,०००।– (पाँच लाख) देश :-क्रोयसिया पक्राउ स्थान :-काठमाडौँ जिल्ला का.म.न.पा. वडा नं.१२
। पक्राउ मिति :- २०८१।१०।०८ गते । पीडित संख्या :- १ जना
|
|