“ज्यान मार्ने उद्योग कसुरका फरार प्रतिवादीहरू पक्राउ”
२०८१-१०-११
- A
- A-
- A+
सावित्री
लामाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अजय लामा समेत भएको ज्यान मार्ने उद्योग
मुद्दामा मिति २०८१।०७।११ गते विहान अं.११:३५ बजेको समयमा का.जि.का.म.न.पा.वडा नं.०३ लाजिम्पाट स्थित ईनोभा
अस्पतालको पार्किङमा विक्रम लामालाई ज्यान मार्ने उद्देश्यले फलामको रड प्रहार गरी
गम्भिर घाईते बनाई फरार रहेका घटनाका मुख्य अभियुक्त अजय लामा र दिपक बरामुलाई यस
कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।०९ गते जिल्ला कञ्चनपुर, भीमदत्त नगरपालिका
स्थित नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी
सम्मानित काठमाण्डौं जिल्ला अदालत उपस्थित गराईएको ।
पक्राउ प्रतिवादीहरू
:
१.
नामः अजय लामा
उमेरः ३४ वर्ष
ठेगाना : जि.नुवाकोट, ककनी
गा.पा.वडा नं.०४
हाल : का.जि.नागार्जुन
न.पा. वडा नं.१० स्युचटार
२.
नामः दिपक बरामु
उमेरः ३२ वर्ष
ठेगाना : जि.गोरखा, सुलिकोट गा.पा.वडा नं.०७
हाल : का.जि.का.म.न.पा.वडा नं.१४ कुलेश्वर