“बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ’’
२०८१-१०-१३
- A
- A-
- A+
सम्मानित
श्री काठमाण्डौ जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार
रहेका प्रतिवादी जिल्ला काठमाण्डौ दक्षिणकाली नगरपालिका वडा नं. ७ स्थायी वतन भई
बस्ने वर्ष ४५ को सुदर्शन पौडेललाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति
२०८१/१०/११ गते अं.१४:३० बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. १७
ग्वार्कोबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली
काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्ति:
नाम: सुदर्शन पौडेल
ठेगाना: जिल्ला काठमाण्डौ
दक्षिणकाली नगरपालिका वडा नं.७
हाल: जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं.९