“२ करोड वरावरको अनलाइन (जुवा) सट्टावाजी गर्ने/गराउने व्यक्ति पक्राउ”
२०८१-१०-१४
- A
- A-
- A+
Betting Application मार्फत विश्वभर सञ्चालन हुने बिभिन्न Online game हरु अन्तर्गत Mantra108 नामक Website मार्फत जुवा (सट्टाबाजी) गर्ने /
गराउने गरी रकम संकलन गर्ने, Crypto currency Trade गर्ने लगायतका गैर कानूनी कार्यहरु भइरहेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न रहेका
निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा बैक खाता तथा Binance ID प्रयोग गरी हाल सम्म रु. 2,00,41,636 (
दुई करोड एक्चालिस हजार छ सय छत्तिस) बराबरको कारोबार गरेको
खुल्न आएको । निजहरुको शरिर तथा कोठा खानतलासी गर्दा निम्न उल्लेखित सामानहरु समेत बरामद
गरी निजहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद- ५ को दफा
१२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग
गर्न नहुने बमोजिमको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर , भद्रकाली, काठमाण्डौं पठाइएको ।
पक्राउ व्यक्तिहरुको विवरणः
१.
नामथरः राज
प्रकाश श्रेष्ठ
उमेर : ४८
ठेगाना :
जिल्ला रामेछाप खाँडादेवी गाँउपालिका वडा नं. ९ घर भई हाल काठमाण्डौं बाफल ।
२.
नामथरः हरिचन्द्र
भुजेल
उमेर : २३
ठेगाना : जिल्ला नुवाकोट
विदुर नगरपालिका वडा नं. १३ घर भई हाल काठमाण्डौं सोह्रखुट्टे ।
बरामद सामानहरुको विवरणः
v बिभिन्न मोडेलका मोबाईल सेट थान-४
v कम्प्यूटर (CPU) थान-१
v NCELL सिमकार्ड थान-५०
v NTC सिमकार्ड थान-९
v बिभिन्न ब्यक्तिहरुको नाममा रहेका ATM Card थान-२७
v डायरी थान-५
v चेकबुक थान-७
नगद रु. ९०,०००।-