“वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-१०-१५
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका लैजाने भन्दै लामो समयसम्म
झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त
उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी
परिसर भद्रकाली, काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्ति:-
१.
नाम
थर :- भुवन
कार्की
उमेर :- २५ वर्ष
वतन :- जिल्ला
कञ्चनपुर शुक्लाफाँटा न.पा. वडा नं. १ ।
हाल :- काठमाडौँ
जिल्ला टोखा न.पा. वडा न.६ ।
बिगो रकम :-
रु. १,००,००,०००।- (एक करोड )
देश :- अमेरिका
पक्राउ मिति :- २०८१।१०।१४ गते ।
पीडित संख्या :- ३ जना