“ बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी पक्राउ ’’
२०८१-१०-१८
- A
- A-
- A+
सम्मानित
श्री काठमाण्डौ जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार
रहेका प्रतिवादी जिल्ला नुवाकोट बेलकोटगढी गा.पा.वडा नं.७ घर भई हाल जिल्ला
काठमाण्डौ का.म.न.पा.वडा नं.१३ बाफलमा बस्ने बर्ष ३२ को सुशिल नेपाललाई यस
कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१/१०/१८ गते अं.१०:०० बजेको समयमा
का.जि.का.म.न.पा.वडा नं.१३ बाफलबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी बृत्त
बालाजु काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्ति:
नाम: सुशिल नेपाल
ठेगाना: जिल्ला नुवाकोट बेलकोटगढी
गा.पा.वडा नं.७
हाल: जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१३ बाफल