"कर्तब्य ज्यान मुद्दामा फरार प्रतिवादी १६ बर्ष पछी पक्राउ"
२०८१-१०-२०
- A
- A-
- A+
मिति २०६५/०५/२६ गते दिउँसो अन्दाजी १३:३० बजेको
समयमा जिल्ला भक्तपुर नंखेल गा.वि.स वडा नं.-१,काक्राबारी स्थित कच्ची सडकमा वर्ष
२७/२८ की शान्ता घिमिरेलाई धारिलो हतियार (दाउ) ले टाउको तथा घाँटीमा प्रहार गरी
हत्या गरेको घटना सम्बन्धमा साविक जिल्ला चितवन बगौडा गा.वि.स. वडा नं.-०१, खैरहनी
हाल माडी न.पा. वडा नं.१, घर भई जिल्ला मोरङ विराटनगर म.न.पा वडा नं. ३, हलेसी
टोलमा डेरा गरी बस्ने वर्ष ४१ की सरु अर्थात सरस्वती भन्ने शिवकुमारी सापकोटा
वारदात पश्चात फरार रहेकोमा विशेष सूचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध
अनुसन्धान कार्यालय, टेकुबाट खटीगएको प्रहरी टोलीले मिति २०८१/१०/१८ गते
का.जि.का.म.न. पा. वडा नं.-३, महाराजगन्जबाट पक्राउ गरी आबश्यक कारवाहीको लागि
सम्मानित जिल्ला अदालत भक्तपुर पठाईएको ।
पक्राउ ब्यक्ति
नाम :- सरु
अर्थात सरस्वती भन्ने शिवकुमारी सापकोटा
उमेर :- ४१ वर्ष
वतन :- जिल्ला चितवन माडी न.पा. वडा नं. १, घर भई हाल जिल्ला
मोरङ विराटनगर म.न.पा वडा नं. ३, हलेसी टोल ।