“बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ’’
२०८१-१०-२२
- A
- A-
- A+
सम्मानित
श्री काठमाण्डौ जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार
रहेकी प्रतिवादी जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१६ पकनाजोल बस्ने बर्ष ४४ की
भवानी तुलाधरलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१।१०।२१ गते अं.
१७:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१६ पकनाजोलबाट पक्राउ गरी
आवश्यक कारवाहीको लागि प्रहरी बृत सिंहदरबार काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्ति:
नाम: भवानी तुलाधर
ठेगाना: जिल्ला काठमाण्डौ
का.म.न.पा.वडा नं.१ पकनाजोल
हाल: जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१६ पकनाजोल