“बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-१०-२२
- A
- A-
- A+
सुदिन श्रेष्ठ समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गम
बहादुर पौडेल भएको बैकिङ कसुर मुद्दामा फरार रहेका जि.चितवन, भरतपुर म.न.पा.वडा
नं.०५ सुन्दरवस्ती घर भई हाल जि.ललितपुर, ललितपुर म.न.पा.वडा नं.१० धापाखेल बस्ने
वर्ष ४४ को गम बहादुर पौडेललाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।२१
गते जि.भक्तपुर, मध्यपुर ठिमी न.पा.वडा नं.०३ चारदोबाटोबाट पक्राउ गरी आवश्यक
अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर,
भद्रकाली काठमाण्डौ पठाईएको ।
साथै, पक्राउ प्रतिवादी गम बहादुर पौडेलको नाममा अन्य प्रहरी
कार्यालयहरूमा समेत चार वटा मुद्दा दर्ता रही फरार रहेको अभिलेखबाट देखिन आएको ।
पक्राउ प्रतिवादी :
नाम : गम
बहादुर पौडेल
उमेर : ४४
बर्ष
ठेगाना : जि.चितवन,
भरतपुर म.न.पा.वडा नं.०५ सुन्दरवस्ती
हाल : जि.ललितपुर, ललितपुर म.न.पा.वडा
नं.१० धापाखेल
विगो रकम : रू. १,९५,००,०००।-(एक करोड पञ्चानब्बे लाख)