“Honey Trap मा संलग्न व्यक्ति पक्राउ”
२०८१-१०-२३
- A
- A-
- A+
आपराधिक
लाभ लिने उद्देश्यले इलेक्ट्रीक सामानहरू मर्मत गर्ने व्यक्तिलाई जिल्ला चितवन
रत्ननगर न.पा. वडा नं. ८ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १३
कुलेश्वर बस्ने वर्ष २८ की अस्मिता आचार्यले राइस कुकर बनाउने बहानामा पटक पटक मोबाईलमा सम्पर्क गरी माग
गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र प्रहरी तथा परिवारमा समेत
भनी दिन्छु भनी धाक धम्की, डर
त्रास देखाई पिडितलाई रू.१०,००,०००।-
(दश लाख) दिन बाध्य
बनाइ सो रकम मध्ये रु ३,००,०००।–(तिन
लाख) चेक मार्फत
अहिले दिने र बाकी रु ७,००,०००।– (सात लाख) रकम एक हप्तामा दिने
सर्तमा मोलमोलाइ भई रकम
असुली गरेको भन्ने सूचना प्राप्त भए पश्चात यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले
उक्त कार्यमा संलग्न वर्ष २८ की अस्मिता आचार्यलाई मिति २०८१।१०।२२ गते अं. १६:३० बजेको समयमा
जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १३ कुलेश्वरबाट पक्राउ गरी आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप
अनुसन्धान तथा कारवाहीका लागि
जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।
बरामद
सामाग्री:
नविल बैकको अस्मिता आचार्यको
नाममा काटिएको रू.३,००,०००।- (तीन लाख) को चेक थान-१
Apple कम्पनिको iPhone मोबाईल थान -१
पक्राउ व्यक्ति:
नाम:- अस्मिता आचार्य
उमेर:- २८ वर्ष
ठेगाना:- जिल्ला चितवन रत्ननगर न.पा. वडा नं. ८
हाल:- जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १३ कुलेश्वर