“ वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-१०-२४
- A
- A-
- A+
घटना विवरण :
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न
देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क
विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने
भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं
उपत्यकाको विभिन्न स्थानहरुबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाईएको ।
पक्राउ व्यक्तिहरुः
१. नाम थर :-रमेश कुमार डि.सी. उमेर :- ३६
वर्ष वतन :- जिल्ला सुर्खेत गुर्भाकोट न.पा. वडा नं.०२ । हाल :-काठमाण्डौं जिल्ला तार्केश्वर न.पा.
नेपालटार । बिगो रकम :- रु. १०,००,०००।– (दश लाख) देश :-सिङ्गापुर पक्राउ स्थान :- जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.०९ । पक्राउ मिति :-
२०८१।१०।२४ गते । पीडित संख्या :- १ जना
पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं ।
|