“ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-१०-२५
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी साउदी अरव लैजाने भन्दै लामो समयसम्म
झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी
दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकुबाट मिति २०८१।१०।२५ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि प्रहरी वृत्त दरवारमार्ग, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- सुवास चालिसे
उमेर :-
२६ वर्ष
वतन :-
जिल्ला नुवाकोट विदुर न.पा. वडा
नं. ११ ।
हाल :- जिल्ला
काठमाण्डौं बुढानिलकण्ठ न.पा. बिष्णुमती ।
बिगो रकम :- रु.३,६१,०००।– (तीन लाख एकसट्ठी हजार) {प्रहरी वृत्त दरवारमार्ग, काठमाण्डौंमा ठगी सम्बन्धि
कसूर
मुद्दामा बिगो रु.२,७५,०००।–(दुई लाख पचहत्तर हजार) र वैदेशिक रोजगार विभाग
ताहाचल,काठमाडौंमा वैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दामा बिगो रु.८६,०००।– (छयासी
हजार) रहि फरार रहेको }
पीडित सङ्ख्या :- २ जना