“वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-१०-२७
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा रोजगारीका लागि लैजाने
भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले
दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न
व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न
स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।
पक्राउ व्यक्तिहरु:-
१. नाम थर :- प्रभा
श्रेष्ठ रायमाझी उमेर :- ३५ वर्ष
वतन :- जिल्ला
अर्घखाची सन्धिखर्क न.पा. वडा नं.८ । हाल :-
ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.०१ । बिगो रकम :- रु. ७,००,०००।– (सात लाख) देश :-सिङ्गापुर पक्राउ स्थान :- ललितपुर
जिल्ला ललितपुर म.न.पा. वडा नं.०१ । पक्राउ मिति :-
२०८१।१०।२७ गते । पीडित संख्या :- ३ जना |
२. नाम
थर :- सिर्जना पौडेल उमेर :-३४ वर्ष वतन :- जिल्ला
बर्दिया राजापुर न.पा. वडा नं.७ । हाल :-
जिल्ला
काठमाण्डौँ बुढानिलकण्ठ न.पा. वडा नं.१० । बिगो रकम :- रु. ६,००,०००।– (छ लाख ) देश :- क्रोएसिया पक्राउ स्थान :- जिल्ला काठमाण्डौँ बुढानिलकण्ठ न.पा. वडा
नं.१० । पक्राउ मिति :- २०८१।१०।२७ गते । पीडित संख्या :- २ जना |
३. नाम थर :- राकेशन
राई उमेर :-३८ वर्ष वतन :- जिल्ला खोटाङ हलेसी तुवाचुङ न.पा. वडा नं. ०५
। हाल :- जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं.०४ ।
बिगो रकम :-
रु.२७,९०,०००।– (सत्ताइस लाख नब्बे
हजार) {जिल्ला प्रहरी परिसर
ललितपुरबाट बैकिङ्ग कसूर मुद्दा (३ वटा) मा बिगो रु.६,४०,००० (छ लाख चालिस हजार)
र प्रहरी वृत्त कीर्तिपुर, काठमाण्डौंमा बैंकिंङ्ग कसूर मुद्दामा बिगो रु.२,००,०००।–(दुई
लाख) र वैदेशिक रोजगार विभागमा वैदेशिक ठगीमा(यु.के.) बिगो रु.१९,५०,०००।–(उन्नाइस
लाख पचास हजार) भई फरार रहेको } देश :- यु.के. पक्राउ स्थान :-
जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं.४ । पक्राउ मिति :-
२०८१।१०।२५ गते । पीडित संख्या :- ५ जना
|
|