“लुटपाट गर्ने कार्यमा संलग्न व्यक्तिहरू पक्राउ”
२०८१-१०-२८
- A
- A-
- A+
मिति
२०८१।१०।२४ गते रातको २२:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ९ बत्तिसपुतली स्थित
सडकमा अपरिचित महिलाले गेष्ट हाउस जाने हो भनि फकाई एकान्त स्थानमा लगि अन्य केटा
साथिहरु समेत बोलाई जिल्ला सुनसरी ईटहरी उप.म.न.पा. वडा नं. १६ घर भई हाल का.जि. कागेश्वरी
मनोहरा न.पा. वडा नं. ९ गोठाटार बस्ने बर्ष ३५ को बद्रि खड्कालाई नियन्त्रणमा लिई
कुटपिट गरी घाइते बनाई साथमा रहेको मोबाईल,
पर्स, घडी लगायतका सामानहरु लुटि फरार भएको
घटनामा संलग्न निम्न वतन भएका व्यक्तिहरुलाई मिति २०८१।१०।२७ गते गौशालाको विभिन्न
स्थानहरुबाट दसिको सामान सहित पक्राउ
गरी
थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी बृत्त गौशाला काठमाण्डौंमा पठाइएको ।
पक्राउ परेका
व्यक्तिहरुको विवरण :-
१.
जिल्ला पर्सा बिरगंज म.न.पा. वडा नं. ३२ घर भई
हाल का.जि. पुरानोबानेश्वर बस्ने बर्ष १८ को परबेस अन्सारी ।
२.
जिल्ला गोरखा
गोरखा न.पा. वडा नं. १३ घर भई हाल का.जि. पुरानोबानेश्वर बस्ने बर्ष १८ को जनेद
हुसेन ।
३.
जिल्ला पर्सा बिरगंज म.न.पा. वडा नं. ३२ घर भई
हाल का.जि. पुरानोबानेश्वर बस्ने बर्ष १८ को नजमुदिन अन्सारी ।
४.
जिल्ला चितवन
पिप्ले घर भई हाल का.जि. सिफल बस्ने बर्ष १९ की रस्मी क्षेत्री ।