“ बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ ”
२०८१-१०-२८
- A
- A-
- A+
बाल कुमार बिश्वकर्माको
जाहेरीले वादी नेपाल सरकार प्रतिवादी हिरालाल बिश्वकर्मा भएको बैंकिङ कसुर
(मु.द.न. ०८०-c१-१४८०)
मुद्दामा प्रतिवादी हिरालाल बिश्वकर्मालाई
सम्मानित भक्तपुर जिल्ला अदालतबाट मिति २०८१।०८।२६ गतेको फैसलाले ५ (पाँच) दिन कैद
र बिगो रु.१,५०,००,०००।– ( एक करोड
पचास लाख ) जाहेरवालालाई भराई बिगो बमोजिम रु १,५०,००,०००।-( एक करोड पचास लाख )
जरिवाना हुने भनि फैसला भई फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको
प्रहरी टोलीले मिति २०८१/१०/२८ गते अं. १८:३० बजेको समयमा जिल्ला ललितपुर महालक्ष्मी
न.पा.वडा नं.५ टीकाथलीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित जिल्ला
अदालत भक्तपुर पठाईएको ।
अनुसन्धानबाट खुल्न आएका तथ्यहरु:
वादी नेपाल सरकार प्रतिवादी हिरालाल
बिश्वकर्मा भएको बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी परिसर ललितपुरबाट पक्राउ
पुर्जी जारी भई फरार रहेको । ( विगो रकम रु २२,००,०००।– (बाइस लाख)
वादी नेपाल सरकार प्रतिवादी हिरालाल
बिश्वकर्मा भएको बैंकिङ कसुर मुद्दामा प्रहरी बृत्त स्वयम्भूबाट पक्राउ पुर्जी
जारी भई फरार रहेको । ( विगो रकम रु १२,००,०००।–( बाह्र लाख )
पक्राउ व्यक्ति:
नाम: हिरालाल बिश्वकर्मा
उमेर: ३६ बर्ष
ठेगाना: जिल्ला बारा
जितपुर सिमरा उ.म.न.पा. वडा नं.१५
हाल: जिल्ला ललितपुर महालक्ष्मी न.पा.वडा नं.५बिगो रकम: १,५०,००,०००।-( एक करोड पचास लाख )