“ वैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-१०-२९
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा रोजगारीको लागि लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाईएको ।
१.
नाम
थर :- लिल बहादुर राई
उमेर :- ५४
वर्ष
वतन :- जिल्ला
उदयपुर त्रियुगा न.पा. वडा न.११ ।
हाल :- जिल्ला
ललितपुर महालक्ष्मी न.पा. वडा नं. ०५ ।
बिगो रकम :- रु. २,००,०००।– (दुई लाख)
देश :- मलेसिया
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०९
बत्तिसपुतली ।
पक्राउ मिति :- २०८१।१०।२८ गते ।
पीडित संख्या :- २ जना
२.
नाम
थर :- बिशाल श्रेष्ठ
उमेर :- ३७
वर्ष
वतन :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा न.२३
बसन्तपुर ।
हाल :- जिल्ला
काठमाण्डौं का.म.न.पा. वडा न.२३ बसन्तपुर ।
बिगो रकम :- रु.
१,५०,०००– (एक लाख पचास हजार)
देश :- क्रोएसिया
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. १२ टेकु
।
पक्राउ मिति :- २०८१।१०।२८ गते ।
पीडित संख्या :- १ जना