“बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-११-०१
- A
- A-
- A+
माईली तामाङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बिनोद पन्त भएको बैकिङ कसूर मुद्दामा फरार प्रतिवादी जिल्ला बैतडी, पाटन
न.पा. वडा नं.०२ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.०९ गौशाला बस्ने वर्ष ३० को बिनोद पन्तलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले
मिति २०८१।१०।३० गते जिल्ला काठमाण्डौ, का.म.न.पा वडा नं.२८ पुतलीसडकबाट
पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाईएको ।
पक्राउ
प्रतिवादी :
नाम : बिनोद पन्त
उमेर : ३० बर्ष
ठेगाना : जि. बैतडी, पाटन न.पा. वडा नं.०२
हाल : जि. काठमाण्डौ, का.म.न.पा. वडा नं.०९ गौशाला
विगो रकम : रू. १,४०,००,०००।-(एक करोड चालिस लाख)