“वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-११-०१
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका
लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले
दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न
व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौंमा पठाईएको ।
पक्राउ
व्यक्तिहरु:-
१. नाम थर :- रमेश कुमार ठाकुर उमेर :- ३३
वर्ष वतन :- सिराहा जिल्ला सिराहा न.पा. वडा नं.८ । हाल :- काठमाण्डौं
जिल्ला का.म.न.पा. वडा नं.३२ । पक्राउ स्थान
:- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा
नं.३२, तिनकुने । |
२. नाम थर :-
बिशाल ठाकुर उमेर :- २९
वर्ष वतन :- जिल्ला
धनुषा विदेह न.पा. वडा नं.५ । हाल :- ललितपुर
जिल्ला महालक्ष्मी न.पा. वडा नं.५ । पक्राउ स्थान :- काठमाण्डौं
जिल्ला का.म.न.पा. वडा नं. ३२, कोटेश्वर ।
|
बिगो रकम :- रु. २१,००,०००।– (एक्काइस लाख) देश :-
अमेरिका पीडित संख्या :-
२ जना पक्राउ मिति :- २०८१।१०।३० गते । |