“ सशस्त्र प्रहरी बल नेपालको FPU मिसनमा पठाइ दिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ ’’
२०८१-११-०५
- A
- A-
- A+
जिल्ला
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. वडा नं. २ बतासेका दिनेश सापकोटाले
सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरुलाई FPU मिसनमा पठाइ दिने
विश्वास तथा प्रलोभन देखाई रकम ठगी गरेको सूचना प्राप्त हुना साथ यस कार्यालयबाट
खटी गएको प्रहरी टोलीले निज दिनेश सापकोटालाई मिति २०८१।११।०४ गते दिउँसो अं.१५:००
वजेको समयमा जिल्ला काठमाण्डौ दक्षिणकाली न.पा. वडा नं.०५ फर्पिङबाट पक्राउ गरी थप
अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ
पठाइएको ।
अनुसन्धानबाट
खुल्न आएका तथ्यहरु:
१. सशस्त्र प्रहरी बलमा कार्यरत
७ जना प्रहरी कर्मचारीहरुबाट मिसनमा पठाउने भन्दै रकम लिएको ।
२. निज विगतमा चोरी तथा डाँका
सम्बन्धी कसुर, बैकिंङ कसुर, ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) लगायतका
कसूरमा पक्राउ परी कानूनी कारवाही भएको ।
पक्राउ व्यक्ति:
नाम: दिनेश
सापकोटा
ठेगाना: जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. वडा नं. २ बतासे
हाल: जिल्ला भक्तपुर चाँगुनारायण
न.पा. वडा नं. २ दुवाकोट
उमेर: २७ बर्ष