“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-११-०६
- A
- A-
- A+
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका
लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई
सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश
पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी
थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको
।
पक्राउ व्यक्ति:-
१.
नाम
थर :- सरन
थापा
उमेर :- ३७ वर्ष
वतन :- जिल्ला
धादिङ त्रिपुरा सुन्दरी गा.पा. वडा नं.०७ ।
हाल :- काठमाण्डौं
जिल्ला का.म.न.पा. वडा नं.०२ लाजिम्पाट ।
बिगो रकम :-
रु. ७१,१९,०००।– (एकहत्तर लाख उन्नाइस
हजार)
देश :- सिंगापुर
पक्राउ मिति :- २०८१।११।०५ गते ।
पीडित
संख्या :- १३
जना
२. नाम थर :- मिकेश सुवेदी
उमेर :- ३२
वर्ष
वतन :- जिल्ला इलाम सुर्यदयो न.पा. वडा नं. १० ।
हाल :- काठमाण्डौं
जिल्ला कागेश्वरी मनोहरा .न.पा. वडा नं.०९ पेप्सीकोला ।
बिगो रकम :- रु.
२,५०,०००।–(दुई लाख पचास हजार)
देश :- चेक रिपब्लिक
पक्राउ मिति :- २०८१।११।०६
गते ।
पीडित
संख्या :- १ जना