“नक्कली सुन देखाई ठगी कार्यमा संलग्न व्यक्तिहरू पक्राउ”
२०८१-११-०८
- A
- A-
- A+
विगत एक महिना देखी
भक्तपुर जिल्ला अन्तरगत विभिन्न स्थानहरुमा नक्कली सुन देखाई सर्वसाधारणहरु लाई
ठगी गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचना प्राप्त भए पश्चात अनुसन्धानको क्रममा
मिति २०८१/११/०६ गते काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मातहत अपराध शाखा
भक्तपुर र पि सि सि बि ठिमीबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाण्डौ कागेश्वरी
मनोहरा वडा नं. ६ मुलपानीबाट बिस्कुट आकारको पहेँलो धातु १ केजी सहित निम्न
व्यक्तिहरुलाई नियन्त्रणमा लिई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी
वृत्त बौद्ध
पठाइएको ।
पक्राउ
परेका व्यक्तिहरुको विवरण :-
१.
जिल्ला
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ६ घर भई हाल जिल्ला भक्तपुर ठिमी नगरपालिका बोडे डेरा
गरी बस्ने बर्ष ६२ को धनजित तामाङ ।
२.
जिल्ला
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ४ धार्पा घर भई सोही स्थान बस्ने वर्ष
४८ को दल बहादुर तामाङ ।
बरामद सामाग्रीको विवरण:-
१. बिस्कुट
आकारको पहेँलो धातु १ केजी थान- १
पिलास थान- १