“वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-११-०८
- A
- A-
- A+
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका
लागि चेक रिपब्लिक लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क
विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी
ठगी गर्ने निम्न व्यक्तिलाई काठमाण्डौं
जिल्ला का.म.न.पा. वडा नं.७ बाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल,
काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- डाईमण्ड सम्बाहाम्फे
उमेर :- २७ वर्ष
वतन :- जिल्ला झापा दमक न.पा. वडा नं.५ ।
हाल :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.७ ।
बिगो रकम :-
रु. १,३८,०००।– (एक लाख अठतिस हजार)
देश :- चेक रिपब्लिक
पक्राउ मिति :- २०८१।११।०८
गते ।
पीडित
संख्या :- १ जना