"कर्तब्य ज्यान मुद्धामा फरार प्रतिवादी १६ बर्ष पछी पक्राउ"
२०८१-११-०९
- A
- A-
- A+
मिति २०६६/०८/२६ गते
अं. राती १२:३० बजेको समयमा बा १ ज ९१४ नं. का ट्याक्सी चालक जिल्ला काभ्रे
महादेवटार गा.बि.स. वडा नं.-०९ हाल रोसी
गा.पा. वडा नं. ४ लेम्बाबेसी घर भएका बर्ष २५ को मेघ बहादुर तामाङलाई ठमेलबाट कोटेश्वर
जानु छ भनि जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. – १६ स्थित नरेफाँट लगि ट्याक्सीमा
सवार चार जनाले घाँटीमा गलबन्दिले कसी खुट्टा बाधि मारी निजसँग भएको नगद र मोबाईल
समेत लुटपाट गरेको घटनामा फरार भएका साविक जिल्ला काभ्रे फोक्सिङटार गा.बि.स.-३
हाल महाभारत गाउँपालीका वडा नं.-३ घट्टे घर भएका वर्ष ३७ को विर मान सिं भुलन
तामाङलाई कर्तव्य ज्यान मुद्दामा सम्मानित
भक्तपुर जिल्ला अदालतको मिति २०७८/०५/०३
ले २० बर्ष कैद ठहर भई हालसम्म फरार रहेका निज
प्रतिवादीलाई जिल्ला ललितपुर ललितपुर महानगरपालीका वडा नं.-२६, सुनाकोठी
एरियाबाट बिशेष सुचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय,
टेकुबाट खटीगएको प्रहरी टोलीले मिति २०८१/११/०८ गते पक्राउ गरी आबश्यक
कारवाहीको लागि सम्मानित जिल्ला अदालत भक्तपुर पठाईएको ।
पक्राउ व्यक्ति
नाम :- विर मान सिं भुलन तामाङ
उमेर :- ३७ वर्ष
वतन :- जिल्ला काभ्रे फोक्सिङ टार गा.बि.स. -३
हालको महाभारत गाउँपालीका वडा नं.-३ घट्टे ।