“सवारी ज्यान मुद्दाका प्रतिवादी पक्राउ’’
२०८१-११-०९
- A
- A-
- A+
जिल्ला
काठमाण्डौ का.म.न.पा.वडा नं. १३ पुरानो कालीमाटी स्थित निर्माणधिन सडकमा जिल्ला
धादिङ गंगाजमुना गाउँपालिका वडा नं.५ बस्ने बर्ष अं.५५ को साने गुरुङलाई सोही
स्थानमा निर्माणधिन पिच सडक पेल्ने WWC रोलरले मिति २०८१।११।०९ गते बिहान अं.१:०० बजेको समयमा ठक्कर दिई मृत्यु
भएको भन्ने सूचना यस कार्यालयमा प्राप्त हुन साथ यस कार्यालयबाट खटि गएको प्रहरी
टोलीले उक्त दुर्घटना गराउने रोलर चालक उमेश स्याङतानलाई मिति २०८१।११।०९ गते
बिहान अं. ०९:३० बजेको समयमा जिल्ला काठमाण्डौ नागार्जुन न.पा.वडा नं.१०
स्यूचाटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त कालीमाटी
पठाइएको ।
पक्राउ व्यक्ति:
नाम: उमेश स्याङतान
ठेगाना: जिल्ला मकवानपुर थाहा न.पा. वडा नं. ५ तसर
हाल: जिल्ला
काठमाण्डौ नागार्जुन न.पा. वडा नं. १० स्यूचाटार
उमेर: १८ बर्ष