“वैदेशिक रोजगारीको लागि यु.ए.इ. पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-११-०९
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी
रोजगारीका लागि यु.ए.इ.लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई
सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश
पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई काठमाण्डौं जिल्ला कागेश्वरी
मनोहरा न.पा.वडा नं.०९ बाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल,
काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्ति:-
१.
नाम
थर :- दिपेश
श्रेष्ठ
उमेर :- ३० वर्ष
वतन :- जिल्ला
सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी न.पा. वडा नं. ०१ ।
हाल :- काठमाण्डौं
जिल्ला कागेश्वरी मनोहरा न.पा. वडा न.०९ ।
बिगो रकम :-
रु. ४,००,०००।- (चार लाख)
देश :- यु.ए.इ.
पक्राउ मिति :- २०८१।११।०९ गते ।
पीडित संख्या :- १ जना