“ बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ ”
२०८१-११-११
- A
- A-
- A+
सम्मानित
श्री पर्सा जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार
रहेका प्रतिवादी जिल्ला काठमाण्डौ,का.म.न.पा. वडा नं. २५ घर
भई हाल का.म.न.पा वडा नं. २२ गणबहाल पिपलबोट
बस्ने बर्ष २१ को उज्जवल रौनियारलाई यस
कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१/११/०९ गते अं. १८:३० बजेको समयमा
जिल्ला काठमाण्डौ बबरमहलबाट पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय
पर्सा पठाईएको ।
पक्राउ व्यक्ति:
नाम: उज्जवल
रौनियार
उमेर: २१ बर्ष
ठेगाना: जिल्ला काठमाण्डौ,का
म.न.पा.वडा नं. २५
हाल: जिल्ला
काठमाण्डौ का.म.न.पा.वडा नं. २२ गणबहाल पिपलबोट
बिगो रकम: १,८३,००,०००।-( एक करोड त्रियासी लाख )