“ वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-११-११
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी
रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश
नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा
विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं
पठाईएको ।
पक्राउ व्यक्ति:-
१. नाम थर :- ईन्द्र बहादुर के.सी.
उमेर :- ३७ वर्ष
वतन :- जिल्ला
सुर्खेत सिम्ता गा.पा. वडा नं. ०४ ।
हाल :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. २९ ।
बिगो रकम :- रु.
२४,००,०००।– (चौबिस लाख)
देश :- ग्रिस
पक्राउ मिति :- २०८१।११।११
गते ।
पीडित
संख्या :- ३ जना
२. नाम थर :- बिशुनदयाल
चौधरी
उमेर :- ४६ वर्ष
वतन :- जिल्ला बारा
करैयामाई गा.पा. वडा नं. ०१ ।
हाल :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१६
ढुङगेधारा ।
बिगो रकम :- रु.
४,४०,०००।– (चार लाख चालिस हजार)
देश :- स्विडेन
पक्राउ मिति :- २०८१।११।११
गते ।
पीडित
संख्या :- १ जना