“बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ"
२०८१-११-११
- A
- A-
- A+
वादी
नेपाल सरकार प्रतिवादी जिल्ला मकवानपुर भिमफेदी गा.पा.
वडा नं. २ घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ४ सुकेधारा बस्ने
विजय बहादुर बलको छोरा बर्ष ४० को संजिव कुमार बल भएको बैंकिङ कसुर मुद्दामा
सम्मानित बाँके जिल्ला अदालतबाट मिति २०८१।११।०२ गते
पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी
टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।११।१० गते अन्दाजी १७:०० बजे काठमाण्डौ जिल्ला
काठमाण्डौ महानगरपालिका वडा नं.४ सुकेधारामा फेला पारी कानून बमोजिम पक्राउ गरी
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि मिति २०८१।११।११ गते जिल्ला प्रहरी कार्यालय,
बाँके पठाईएको ।
पक्राउ व्यक्ति:-
नामः संजिव कुमार बल ।
उमेर : ४० वर्ष
ठेगानाः जिल्ला
मकवानपुर भिमफेदी गा.पा. वडा नं. २ स्थायी ठेगाना भई,
हाल काठमाण्डौ जिल्ला काठमाण्डौ म.न.पा. ४ सुकेधारा बस्ने ।