“बैकिङ कसुरमा फरार व्यक्ति पक्राउ”
२०७८-०९-२५
बैंकिङ कसुर मुद्धामा श्री उच्च अदालत, पाटन ललितपुरको मिति २०७७।०५।१८ गतेको फैसलाले रू. ३२,२४,६१५।– (बतिस लाख चौबिस हजार छ सय पन्ध्र रूपैँया) जरिवाना र ११ (एघार) दिन कैद तोकिई फरार रहेका जिल्ला अर्घाखाँची साबिक खनदह गा.बि.स वडा नं. १ परिवर्तित मालारानी गाउँपालीका वडा नं. ३ घर भई हाल का.जि.का.म.न.पा.वडा नं. ३१ ,नयाँ बानेश्वर बस्ने वर्ष ३८ को कृष्णहरी खनाललाई यस अपराध महाशाखाको टोलीले मिति २०७८।०९।२० गते का.जि. बुद्धनगरबाट पक्राउ गरि फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालत, काठमाण्डौंमा उपस्थित गराईएको ।
पक्राउ व्यक्ति:
नाम:- कृष्णहरी खनाल
उमेर :-३८ बर्ष
ठेगाना:- जिल्ला अर्घाखाँची मालारानी गाउँपालीका वडा नं. ३ भई
हाल का.जि.का.म.न.पा.वडा नं. ३१, नयाँ बानेश्वर
मिति २०७८/०९/२० गते ।