“ठगी सम्बन्धी कसुर मुद्दाका प्रतिवादी पक्राउ"
२०८१-११-१३
- A
- A-
- A+
वादी
नेपाल सरकार प्रतिवादी जिल्ला अछाम पञ्चदेवल
विनायक न.पा. वडा नं. ५ स्थायी ठेगाना भई काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका
वडा नं. ३२ कोटेश्वर बस्ने बर्ष ३३ को ललित बहादुर शाही भएको ठगी सम्बन्धी कसुर
मुद्दामा सम्मानित अछाम जिल्ला अदालतबाट
मिति २०८१।०६।१४ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट
खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा मिति २०८१।११।११ गते अन्दाजी १७:००
बजे काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.३२ कोटेश्वरमा फेला पारी कानून
बमोजिम पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि मिति २०८१।११।१२ गते जिल्ला
प्रहरी कार्यालय, अछाम पठाईएको ।
पक्राउ व्यक्ति:-
नामः ललित बहादुर शाही ।
उमेर : ३३ वर्ष
ठेगानाः जिल्ला अछाम पञ्चदेवल
विनायक न.पा. वडा नं. ५ स्थायी ठेगाना भई,
हाल काठमाण्डौ जिल्ला काठमाण्डौ म.न.पा. ३२ कोटेश्वर बस्ने ।