“वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-११-१३
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी
रोजगारीका लागि विभिन्न देशहरुको बाटो हुँदै अमेरिका लैजाने भन्दै लामो समयसम्म
झुक्यानमा राखि विदेश नपठाई पीडितहरुबाट रु.१,४४,५००००।– (एक करोड चवालिस लाख पचास
हजार) ठगी गरि सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर
अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने समूहका निम्न व्यक्तिहरुलाई उपत्यकाको
विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी
परिसर भद्रकाली, काठमाण्डौं पठाईएको ।
पक्राउ
व्यक्तिहरु:-
१. जिल्ला रुकुम
पश्चिम मुसिकोट न.पा. वडा नं.१ स्थायी ठेगाना भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा.
वडा नं.४ बस्ने वर्ष २४ को मनिषराज खड्का । (पक्राउ स्थान:- काठमाण्डौं
जिल्ला का.म.न.पा. वडा नं.०९, पक्राउ
मिति:- २०८१।११।१२ गते ।)
२. जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा. वडा नं.२ स्थायी ठेगाना
भई हाल जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.३ बस्ने वर्ष २७ को मधु कुमार खड्का ।
( पक्राउ स्थान:- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.८, पक्राउ मिति:- २०८१।११।१२
गते )
३. जिल्ला रुकुम पश्चिम मुसिकोट न.पा. वडा नं.२ स्थायी ठेगाना
भई हाल जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.३ बस्ने वर्ष ३४ को बिरेन्द्र खड्का ।
( पक्राउ स्थान:- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.८, पक्राउ मिति:- २०८१।११।१२
गते )
जम्मा बिगो रकम
:-
रु. १,४४,५००००।– (एक करोड चवालिस
लाख पचास हजार)
देश :- अमेरिका
पीडित संख्या :- २ जना