“ठगी मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ”
२०८१-११-१३
- A
- A-
- A+
सम्मानित
श्री काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौबाट ठगी सम्बन्धी मुद्दामा पक्राउ
पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला पुर्वी रुकुम
सिस्ने गा.पा.वडा नं.८ घर भई हाल का.जि.का.म.न.पा.बौद्ध बस्ने बर्ष २७ को कमल
बोहरालाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१/११/१२ गते अं. १५:३०
बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ७ चावहिलबाट पक्राउ गरी थप
अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्ति:
नाम: कमल
बोहरा
उमेर: २७ बर्ष
ठेगाना: जिल्ला पुर्वी रुकुम सिस्ने गा.पा.वडा नं.८
हाल: का.जि.का.म.न.पा.बौद्ध