“उच्च माध्यमिक शिक्षा परिषद्को कर्मचारी हुँ भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-११-१५
- A
- A-
- A+
नागरिकतामा रहेको विवरण तथा उच्च माध्यमिक शिक्षा परिषद्को शैक्षिक प्रमाण पत्र (Transcript) लगायतमा उल्लेखित विवरणहरु फरक पर्न गएकोमा सम्बन्धित
पीडितलाई आफु उच्च माध्यमिक शिक्षा परिषद्को कर्मचारी हुँ , फरक परेको विवरण मिलाई
दिन्छु भनी विश्वास दिलाई रकम लिई ठगी गरेको भन्ने उजुरी यस कार्यालयमा प्राप्त भए
पश्चात यस कार्यालय बाट खटि गएको प्रहरी टोलीले उक्त ठगीमा संलग्न प्रतिवादी
जिल्ला सिन्धुली दुधौली न.पा. वडा नं. १४ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १८
नरदेवी बस्ने छिरिङ तामाङलाई मिति २०८१/११/१३ गते अं. १७:३० बजेको समयमा
का.जि.का.म.न.पा. वडा नं. १८ नरदेवीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि
जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्ति:
नाम
थर: छिरिङ तामाङ
उमेर
: २३ वर्ष
स्थायी वतन: जिल्ला सिन्धुली दुधौली न.पा. वडा नं.१४
हाल: का.जि.का.म.न.पा.
वडा नं. १८ नरदेवी