“बिभिन्न ब्यक्तिहरुको Facebook Hack गरी रकम मागी अनलाईन ठगी गर्ने ब्यक्ति पक्राउ”
२०७८-०९-२५
सर्वसाधारण लगायत उच्चपदस्थ ब्यक्तिहरुको समेत फेसबुक आईडि ह्याक गरी उक्त आईडिको दुरुपयोग गरि आइडिमा भएका साथीहरुसंग नक्कली ब्यक्ती बनि बिभिन्न बाहाना बनाई आफुलाई अर्जेन्ट समस्या परेको देखाई विश्वास दिलाइ बिभिन्न खातामा पैसा पठाउन लगाइ अनलाइन ठगी गरेको आरोपमा जिल्ला मोरङ पथरी शनिश्चरे न.पा. वडा नं. १० मंगलबारे घर भई हाल जिल्ला भक्तपुर गठ्ठाघर बस्ने किरण पाठकलाई मिति २०७८/०९/१९ गते अं.१७:३० बजेको समयमा फेला पारी पक्राउ गरी आज मिति २०७८।०९।२० गते ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परीसर टेकु काठमाण्डौ पठाईएको ।
पक्राउ ब्यक्ति
नामथरः किरण पाठक
ठेगानाः जिल्ला मोरङ पथरी शनिश्चरे न.पा. वडा नं. १० मंगलबारे घर भई
हाल : जिल्ला भक्तपुर, गठ्ठाघर