“ठगी सम्बन्धी कसूरका फरार प्रतिवादी पक्राउ”
२०८१-११-१८
- A
- A-
- A+
घटना
विवरण :
जिल्ला पाल्पा बगनासकाली गाउँपालिका वडा नं.१ घर भई हाल का.जि.का.म.न.पा. वडा नं.३१ नयाँबानेश्वर बस्ने बर्ष ३९ की कल्पना गैरेले बिभिन्न बैंकको चेकबाट रु ३,३९,००,०००।– ( तिन करोड उनान्चालिस लाख) भुक्तानी हुने गरी चेक दिएकोमा उक्त चेकबाट रकम भुक्तानी नभई कालोसूचीमा रहेको साथै उल्लेखित चेकहरुको सट्टामा नयाँ चेकहरु दिने र उक्त चेकहरुको भुक्तानी समेत तुरुन्त हुने झूठ्ठा आश्वासन देखाई पुराना चेकहरु समेत जबरजस्ती चोरी गरी फरार रहेकोमा मिति २०८१।११।१५ गते सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा मिति २०८१।११।१६ गते यस कार्यालयबाट खटी गएको प्रहरी टोलिले काठमाण्डौ-९ सिनामंगलबाट पक्राउ गरी ठगी तथा अपराधिक लाभ कसूर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्तिको विवरणः
नामथर :- कल्पना गैरे
उमेर :- ३९ बर्ष
ठेगाना :- जिल्ला पाल्पा बगनासकाली
गाउँपालिका वडा नं.१ ।
मितिः- २०८१।११।१८ गते ।