“ ठगी मुद्दाका प्रतिवादी पक्राउ ”
२०८१-११-१९
- A
- A-
- A+
नागरिकतामा रहेको विवरण तथा उच्च माध्यमिक शिक्षा परिषद्को
शैक्षिक प्रमाण पत्र (Transcript) लगायतमा उल्लेखित विवरणहरु फरक पर्न गएकोमा सम्बन्धित
पीडितलाई आफु उच्च माध्यमिक शिक्षा परिषद्को कर्मचारी हुँ , फरक परेको विवरण मिलाई दिन्छु
भनी विश्वास दिलाई रकम लिई फरार रहेका प्रतिवादी जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध
न.पा. वडा नं.१ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं.३ सागबारी
बस्ने निराजन पाण्डेलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१/११/१८
गते जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं.३ सागबारीबाट पक्राउ गरी थप अनुसन्धान
तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्ति:
नाम
थर: निराजन पाण्डे
उमेर
: ३१ वर्ष
स्थायी वतन: जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्ध न.पा. वडा नं.१
हाल: जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं.३ सागबारी