“चेक अनादर बिगो मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ”
२०८१-११-२०
- A
- A-
- A+
भोजराज पौडेलको जाहेरीले वादी नेपाल
सरकार प्रतिवादी महेश्वर पोख्रेल भएको चेक अनादर मुद्दामा प्रतिवादी महेश्वर पोख्रेललाई सम्मानित काठमाण्डौ
जिल्ला अदालतबाट मिति २०७३।०२।१८ गतेको फैसला बमोजिम भरी पाउने बिगो रु ८,६६,४४३
।-( आठ लाख छैसठ्ठी हजार चार सय त्रिचालिस रुपैयाँ ) र सो को भरीभराउ हुदाँ सम्मको
कानून बमोजिम हुने ब्याज समेत प्रतिबादीबाट दिलाई भराई पाउँ भनि वादीको दर्खास्त
परी कारबाही चलेकोमा प्रतिवादीले विगो दाखिला गर्न नसकेकोले सम्मानित काठमाण्डौ
जिल्ला अदालतको मिति २०७८/०७/२६ आदेशानुसार फैसला भई फरार रहेका निज प्रतिवादीलाई
यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१/११/१९ गते जिल्ला काठमाण्डौ
का.म.न.पा. वडा नं. ३१ भिमसेनगोला बाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि
सम्मानित काठमाण्डौ जिल्ला अदालत पठाईएको ।
पक्राउ व्यक्ति:
नाम: महेश्वर
पोख्रेल
उमेर: ५३ बर्ष
ठेगाना: जिल्ला मोरङ वनियाविर्ता गा.वि.स.वडा नं. ३ परिवर्तित रंगेली न.पा.
वडा नं.२
हाल: काठमाण्डौ
जिल्ला का.म.न.पा. वडा नं. २९
बिगो रकम: ८,६६,४४३
।- ( आठ लाख छैसठ्ठी हजार चार सय त्रिचालिस रुपैयाँ )