“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-११-२०
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी
रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश
नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा
विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं
पठाईएको ।
पक्राउ
व्यक्तिहरु:-
१. नाम थर :- अंगद कुमार जोशी उमेर :- ४६
वर्ष वतन :-
जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं.१७ । हाल :-
ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.१४ । बिगो रकम :- रु.११,६०,०००।–(एघार
लाख साठी हजार) देश :- जापान पक्राउ मिति :-
२०८१।११।१९ गते । पक्राउ स्थान :-
काठमाण्डौं जिल्ला नागार्जुन न.पा. वडा नं.०१ । पीडित संख्या :- १ जना |
२. नाम
थर :- जगदिश्वर पनेरु उमेर :-४७
वर्ष वतन :- जिल्ला गोरखा
बारपाक सुलिकोट गा.पा. वडा नं.०४ । हाल :- काठमाण्डौं
जिल्ला का.म.न.पा. वडा नं. २६ । बिगो रकम :- रु.२,००,०००।–(दुई
लाख) देश :- क्रोएसिया पक्राउ मिति :- २०८१।११।२०
गते । पक्राउ स्थान :- काठमाण्डौं
जिल्ला का.म.न.पा. वडा नं. १२ । पीडित संख्या :- १ जना
|
३.
नाम थर :- नर
माया कार्की उमेर :- ३३
वर्ष वतन :- जिल्ला
उदयपुर उदयपुरगढी गा.पा. वडा नं.०४ । हाल :- काठमाण्डौं
जिल्ला का.म.न.पा. वडा नं.०३ । बिगो रकम :- रु.१,९९,०००।-
(एक लाख उनान्सय हजार) देश :- क्रोएसिया पक्राउ मिति :- २०८१।११।२० गते । पक्राउ स्थान :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.०३ । पीडित संख्या :- १ जना
|
|