"कर्तब्य ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ"
२०८१-११-२०
- A
- A-
- A+
मिति २०८०/०७/२८ गते जिल्ला
कञ्चनपुर बेदकोट नगरपालिका वडा नं.-०१ हात्तीथला स्थित हर्क बहादुर खडायतलाई देउसी
भैलो हेरी फर्कने क्रममा उद्धव बहादुर बोहरा लगायतका व्यक्तिहरुले कुटपिट गरी
घाईते बनाइ उपचारको क्रममा मिति २०८०/०९/१० गते निजको मृत्यु भएको घटना सम्बन्धमा वारदात
पश्चात फरार रहेका जिल्ला कञ्चनपुर बेदकोट नगरपालिका वडा नं. -१ बस्ने अं. बर्ष ३४
को उद्धव बोहरालाई विशेष सूचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान
कार्यालय, टेकुबाट खटीगएको प्रहरी टोलीले मिति २०८१/११/१९ गते का.जि.का.म.न. पा.
वडा नं.-२९, अनामनगरबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय
कञ्चनपुर पठाईएको ।
पक्राउ व्यक्ति
नाम :- उद्धव बोहरा
उमेर :- ३४
वतन :- जिल्ला कञ्चनपुर बेदकोट नगरपालिका वडा
नं.१