“बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ”
२०८१-११-२३
- A
- A-
- A+
हिरा कासुलाको जाहेरीले वादी नेपाल
सरकार प्रतिवादी रामनाथ सिंह भएको बैंकिङ कसुर मुद्दामा प्रतिवादी रामनाथ सिंहलाई सम्मानित उच्च अदालत
पाटन ललितपुरबाट मिति २०७७।१०।२० गतेको फैसला बमोजिम भरी पाउने बिगो रु ११,००,०००
।-(एघार लाख ) प्रतिवादीबाट दिलाई भराई पाउँ भनि वादीको दर्खास्त परी कारबाही
चलेकोमा प्रतिवादीले विगो दाखिला गर्न नसकेकोले सम्मानित काठमाण्डौ जिल्ला अदालतको
मिति २०७९/०३/३० गतेको आदेशानुसार फैसला भई फरार रहेका निज प्रतिवादीलाई यस
कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१/११/२२ गते जिल्ला ललितपुर
महालक्ष्मी न.पा. वडा नं. ७ टिकाथलीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि
सम्मानित काठमाण्डौ जिल्ला अदालत पठाईएको ।
पक्राउ व्यक्ति:
नाम: रामनाथ
सिंह
उमेर: ५० बर्ष
ठेगाना: जिल्ला महोत्तरी भंगाहा न.पा. वडा नं. ०३
हाल: जिल्ला
ललितपुर महालक्ष्मी न.पा. वडा नं. ७ टिकाथली
बिगो रकम: ११,००,००० ।-(एघार लाख)