“ठगी मुद्दामा फरार प्रतिवादीहरु पक्राउ"
२०८१-११-२५
- A
- A-
- A+
रमेश बस्नेतको जाहेरीले वादी नेपाल
सरकार प्रतिवादी सन्देश श्रेष्ठ समेत भएको ठगी सम्बन्धी कसुर मुद्दामा विगो रकम
३०,००,०००।– (तिस लाख) माग दावी भई श्री सम्मानित भक्तपुर जिल्ला अदालतबाट
मिति २०८०।०८।२२ गते ठगी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादीहरुलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१।११।२३ गते जिल्ला ललितपुर, ललितपुर म.न.पा. वडा नं. ०४ बागडोलबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाईएको ।
पक्राउ व्यक्तिहरु:
१. जिल्ला गुल्मी कालीगण्डकी गा.पा. वडा नं. ०६ घर भई हाल जिल्ला ललितपुर, ललितपुर
म.न.पा. वडा नं. ४ बागडोल बस्ने वर्ष ३२ को समुन्द्र श्रेष्ठ...................................................................................................................................।
२. जिल्ला गुल्मी कालीगण्डकी गा.पा. वडा नं. ०६ घर भई हाल जिल्ला
ललितपुर, ललितपुर म.न.पा. वडा नं.४ बागडोल बस्ने वर्ष ३४ को सन्देश
श्रेष्ठ..................................................................................................................................।
थप अनुसन्धानबाट
खुल्न आएका कुराहरु:
·
सार्वजानिक हित,
स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्व जिल्ला प्रहरी परिसर ललितपुरमा चलेको
मुद्दामा समुन्द्र श्रेष्ठ फरार रहेको ।
बैंकिङ कसुरा मुद्दामा जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त लैनचौर काठमाण्डौमा चलेको मुद्दामा समुन्द्र श्रेष्ठ फरार रहेको