“कानून विपरीत खाद्यान्न सामाग्री विक्री वितरण गर्ने गोदामहरू शिलबन्दी गरिएको”
२०८१-११-२८
- A
- A-
- A+
अनुमति विना अन्य फर्म तथा कम्पनीको ब्राण्ड तथा
ट्रेडमार्क समेत प्रयोग गरी विभिन्न किसिमका खाद्यान्नका बोराहरू प्याकेजिङ गरी
अनाधिकृत रूपमा बिक्री वितरण गर्ने गरेको भन्ने सुचनाको आधारमा मिति २०८१/११/२८ गते यस कार्यालय तथा जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, बाणिज्य तथा उपभोक्ता संरक्षण बिभाग र तारकेश्वर नगरपालिका समेतको संयुक्त
टोलीले जिल्ला काठमाण्डौ तारकेश्वर न.पा वडा नं ९ स्थित कल्पना बुढाथोकीले संचालन गरेको देवकोटा चिउरा तथा चामल मिलको गोदाम, जिल्ला काठमाण्डौ नागार्जुन न.पा. वडा
नं. ७
स्थित खगेन्द्र खत्रीले संचालन गरेको Halesi food khadya udhyog नामक गोदाम र जिल्ला काठमाण्डौ नागार्जुन न.पा वडा नं ४ स्थित
मुकेश सिंहले संचालन गरेको श्री गढीमाई प्याकेजिङ उद्योग नामक गोदाममा गई अनुगमन तथा निरीक्षण गर्दा
उल्लेखित फर्मका गोदामहरूले खाद्य प्रबिधि तथा गुण
नियन्त्रण बिभागबाट कुनै पनि उद्योगको नाममा खाद्य पदार्थ उत्पादन/प्याकिङ तथा
बिक्री बितरणको लागि अनुमती नलिएको, खाद्य सामाग्रीहरू उपयुक्त तरीकाले भण्डारण नगरेको, व्यवस्थित नरहेको पाइएकोले उक्त
गोदामहरू शिलबन्दी गरी थप अनुसन्धान कार्य भई रहेको ।