प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“वैदेशिक रोजगारीको लागि अल्बानिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”

२०८१-१२-०१

  • A
  • A-
  • A+
Share

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अल्बानिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२, टेकुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।


पक्राउ व्यक्ति:-


१.  नाम थर           :-    युवराज घिमिरे

उमेर                :-    ३४ वर्ष     

वतन                :-   जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा. वडा नं.४ ।

हाल                :-    काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.१० ।  

बिगो रकम        :-    रु. १,००, ०००।- (एक लाख )

देश                 :-    अल्बानिया

पक्राउ मिति      :-    २०८१।१२।०१ गते ।

         पीडित संख्या    :-     १ जना   

सम्बन्धित समाचार
“ ठगी गर्ने व्यक्ती पक्राउ ”
२०८२-०१-०४

घटना विवरण :-     गौरव धामी समेत भएको ठगी गर्न नहुने कसूरमा सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका निम्न उल्लेखित प्रतिवादीलाई यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले मिति २०८२।०१।०३ गते जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०८ गौशालाबाट पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारवाहीको लागी जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौं पठाईएको ।      पक्राउ व्यक्ति:- १. नाम थर        :- परिछिद तिवारी      उमेर            :- ४४ वर्ष      स्थायी वतन   :-  जिल्ला काठमाण्डौं का.म. न.पा. वडा  नं.०४ ।      बिगो रकम     :-रु.१२,००,०००।- (बाह्र लाख)      पक्राउ मिति    :- २०८२/०१/०३ गते ।  पक्राउ स्थान   :-जिल्ला काठमाण्डौं का.म. न.पा. वडा नं.०८ ।  पीडित संख्या  :- २ जना      

“ वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८२-०१-०३

घटना विवरण :-         बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल,काठमाण्डौं पठाईएको ।                                                             पक्राउ व्यक्तिहरु:- १. नाम थर      :- जंग बहादुर तामाङ     उमेर           :- ३१ वर्ष     स्थायी वतन  :-  जिल्ला भोजपुर षडानन्द न.पा. वडा  नं.१३ ।      हाल           :-  जिल्ला काठमाण्डौं टोखा न.पा. ।      बिगो रकम   :-रु.१,९०,०००।- (एक लाख नब्बे हजार)       देश            :- लिथुआनिया  पक्राउ मिति   :- २०८२/०१/०२ गते ।  पक्राउ स्थान   :-जिल्ला काठमाण्डौं का.म. न.पा. वडा नं.१० ।  पीडित संख्या  :- १ जना   २.  नाम थर     :-बिकाश रायमाझी       उमेर         :- २३ वर्ष स्थायी वतन :- जिल्ला अर्घाखाँची सन्धिखर्क न.पा. वडा नं. १२ । हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३० । बिगो रकम   :- रु. ३,७५,०००।-(तिन लाख पचहत्तर हजार) देश             :- चेक रिपब्लिक पक्राउ मिति   :- २०८२/०१/०२ गते । पक्राउ स्थान    :-जिल्ला काठमाण्डौं नागार्जुन न.पा. वडा नं.०४ । पीडित संख्या   :- १ जना    

“AT Alert मार्फत Phishing Link पठाई E-Sewa को रकम चोरी गर्ने व्यक्ति पक्राउ”
२०८२-०१-०३

घटना विवरण:-              विभिन्न व्यक्तिहरुलाई  SMS मार्फत The Alert, AT Alert जस्ता Phishing Link पठाई तपाईको खाता Suspend हुन लागेको भनी चेतावनी दिई Verify को लागि लिंक खोल्न लगाई ईसेवामा अनाधिकृत पहुँच पुर्‍याई ४००० भन्दा बढी व्यक्तिहरुको ईसेवामा रहेको मौज्दात रकम Pashupati Global Innovation Private Limited को Merchant खाताहरुमा रु. १,०२,००,०००।– बराबरको रकम Transfer गरी रकम चोरी गर्ने कार्यमा संलग्न निम्न अनुसारको व्यक्तिलाई मिति २०८२।०१।०२ गते जिल्ला काठमाण्डौ कालीमाटीबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौ पठाईएको । पक्राउ व्यक्ति:-      नामथर: राहुल बुढाउमेर: २२ बर्ष ठेगाना: जिल्ला कन्चनपुर कृष्णपुर न.पा. वडा नं. ०१ घर भई हाल काठमाण्डौ अनामनगर बस्ने ।

“११ बर्षीय बहिनीको हत्या गर्ने दाजु पक्राउ ’’
२०८२-०१-०२

घटना विवरण:- जिल्ला ललितपुर ल.पु.म.न.पा.वडा नं. -१२, मंगलबजार बस्ने भगबती बोहराले निजको छोरी बर्ष ११ की दुर्गा बोहरा मिति २०८१/१२/०४ गते रातको अं.०९:३० बजे बाट हराएको भनि जिल्ला प्रहरी परिसर ललितपुरमा दिएको निवेदन पश्‍चात खोजतलास गर्ने क्रममा मिति २०८१/१२/२९ गते अं ११:०० बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं.९, खपिन्छेँ स्थित बाबुराजा अवालेको पुरानो घरको भुई तलामा रहेको पानी ट्याङकीमा सडेगलेको अवस्थामा शव फेला परेको ।  उक्त घटनामा यस कार्यालय तथा PRCB ललितपुरको प्रहरी टोलिले जिल्ला प्रहरी परिसर ललितपुर समेतको सहयोगमा  बिभिन्न विधी र प्रबिधीको प्रयोग गरी अनुसन्धान गर्ने क्रममा  उक्त घटना निज मृतकको वर्ष १५ को कान्छो दाईले कर्तब्य गरी हत्या गरेको खुल्न आएकोले निजलाई मिति २०८२/०१/०१ गते जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं.-१२, मंगलबजार एरियाबाट नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाईएको  । अनुसन्धानबाट खुल्न आएका तथ्यहरुः•     मिति २०८१/१२/०६ गते जिल्ला बझाङ सुर्मा गा.पा. वडा नं. ०४ घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. १२ मंगलबजार बस्ने मदन बोहरा र भगवती बोहराको छोरी बर्ष ११ की दुर्गा बोहरा चैत ४ गतेदेखि हराएको ।•     आमा भगवती बोहराले छोरी हराएको भनी खोज तलासको लागी जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएको । •     मिति २०८१/१२/२९ गते बिहान अ.१०:०० बजेको समयमा जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. ०९ खपिन्छे स्थित बाबुराजा अवालेको ५ तल्ले घरको भुई तल्लामा रहेको प्रयोग बिहिन सिमेन्टले बनाएको पानी ट्याङ्किमा दुर्गा बोहराको लाश फेला परेको ।•     बाबुराजा अवालेको उक्त घरमा मृतकहरु भाडामा बसेको र मिति २०८१।११।२५ गते अन्यत्र डेरा सरेको ।•     उक्त घरमा भाडामा बस्ने अर्को चमेली सुनारको परिवार पनि मिति२०८१।१२।०२ गते अन्यत्र डेरा सरे पश्चात सो घरमा कोही नबसी घर खाली रहेको ।•     मिति २०८१।१२।०४ गते मृतक र उनको दाजु पहिला डेरामा बस्ने गरेको अवालेको घर तर्फ जाँदै गरेको CCTV फुटेजमा देखिएको ।•     दाजु बहिनी संगै गएको फुटेज भेटिए पश्चात दाजु माथि शंका लागी सोधपुछ गर्दा उसले  कोठा सर्दा छुटेका कपडाहरु लिन भनि दाजु बहिनी गएकोमा  सामान्य विवाद हुँदा बहिनिलाई पिटि उक्त ठाउँमा रहेको नाईलनको डोरीले पछाडीबाट घाटी कसेर भुईमा लडाई छोडी भागेको बताएको ।•     दाजु बहिनिले नै लागु औषधको ट्याबलेट खाएको थियो र त्यसको नशामा आफु भएकोले त्यस्तो घटना हुन गएको कुरा बताएको । •     मिति २०८१/१२/०५ गते बिहान नशाले छोडे पछि आफुले हिजो बहिनि माथि गरेको आक्रमण सम्झि उक्त घटनास्थलमा गई हेर्दा बहिनिको मृत्यु भएको र बहिनीको लाश भुई तल्लाको भर्याङको छेउमा देखे पश्चात सो लाश ट्याङ्किमा हालि सिमेन्टले बनाएको ढक्कन लगाई छोपेर छोडि गएको बताएको । 

“ वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८२-०१-०२

घटना विवरण :-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित कार्यालयहरुमा पठाईएको ।                                    पक्राउ व्यक्तिहरु:-  १.  नाम थर       :- ङवाङ गेली शेर्पा उमेर            :- ३७ वर्ष     स्थायी वतन   :-  जिल्ला सोलुखुम्बु लिखुपिके गा.पा.वडा नं.०१ । हाल            :-  जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा.वडा नं.०६ । बिगो रकम    :- रु.९,३१,५००।- (नौ लाख एक्तिस हजार ) देश               :- पोल्याण्ड     पक्राउ मिति     :- २०८१/१२/३१ गते ।     पक्राउ स्थान   :- जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं.०६ । पीडित संख्या    :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल,                           काठमाण्डौ ३.नाम थर       :- मान बहादुर बस्नेत   उमेर              -: ३८ वर्ष                                    स्थायी वतन   :- जिल्ला मोरङ उर्लाबारी न.पा.वडा नं.०२।   हाल             :-  जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं.०३ ।      बिगो रकम       :- रु.१०,००,०००।- (दश लाख  )  देश                :- चेक रिपब्लिक पक्राउ मिति      :- २०८२/०१/०२ गते । पक्राउ स्थान     :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०३ पीडित संख्या    -: १ जना पठाइएको कार्यालय :- वैदेशिक रोजगार विभाग ताहाचल,                             काठमाण्डौं २.  नाम थर        :-शर्मिला थापा उमेर             :- ३० वर्ष स्थायी वतन   :- जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं. ०३ । हाल              :- जिल्ला काठमाण्डौ टोखा न.पा.वडा नं.११ । बिगो रकम     :- रु.७,००,०००।- (सात लाख ) पक्राउ मिति    :- २०८१/१२/३१ गते । पक्राउ स्थान     :-जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ । पीडित संख्या  :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल,                             काठमाण्डौं   ४.नाम थर       :- मेन्तन राई   उमेर            :- ३० वर्ष   स्थायी वतन  :- जिल्ला भोजपुर ट्याम्केमैयुं गा.पा.वडा नं.०२ ।   हाल              :- जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१४ ।   बिगो रकम      :- रु.६०,०००।- (साठ्ठि हजार )   देश                -:चेक रिपब्लिक   पक्राउ मिति    :- २०८२/०१/०१ गते ।   पक्राउ स्थान     :-जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ ।   पीडित संख्या  :- १ जना   पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल,                             काठमाण्डौं  

“ वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-१२-३०

घटना विवरण :-बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित कार्यालयहरुमा पठाईएको ।                                    पक्राउ व्यक्तिहरु:-  १.  नाम थर       :- ख्याम खड्का उमेर            :- ३५ वर्ष      स्थायी वतन   :-  जिल्ला इलाम चुलाचुली गा.पा. वडा  नं.०३ । हाल            :-  जिल्ला काठमाण्डौं का.म.न.पा.वडा  नं.२९          । बिगो रकम    :-रु.३६,००,०००।- (छत्तिस लाख) देश               :- यु.के.  पक्राउ मिति     :- २०८१/१२/३० गते ।  पक्राउ स्थान   :-जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०८ । पीडित संख्या    :- २ जना पठाइएको कार्यालय:- जिल्ला प्रहरी परिसर,भद्रकाली                                                काठमाण्डौं २.  नाम थर        :-इश्वर पोखरेल उमेर             :- २३ वर्ष स्थायी वतन   :- जिल्ला मोरङ ग्रामथान गा.पा. वडा नं. ०६ । हाल              :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ३० । बिगो रकम     :- रु. १०,५१,०००।-(दश लाख एकाउन्न हजार) देश              :- क्यानडा पक्राउ मिति    :- २०८१/१२/२९ गते । पक्राउ स्थान     :-जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१४ । पीडित संख्या  :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल,                             काठमाण्डौं