प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

" कर्तब्य ज्यान मुद्धामा फरार प्रतिवादी १६ बर्ष पछी पक्राउ "

२०८१-१२-०१

  • A
  • A-
  • A+
Share

मिति २०६६/०८/२६ गते अं. राती १२:३० बजेको समयमा बा १ ज ९१४ नं. का ट्याक्सी चालक जिल्ला काभ्रे महादेवटार गा.बि.स. वडा नं.०९ हाल  रोसी गा.पा. वडा नं. ४ लेम्बाबेसी घर भएका बर्ष २५ को मेघ बहादुर तामाङलाई ठमेलबाट कोटेश्‍वर जानु छ भनि जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा.वडा नं.१६ स्थित नरेफाँट लगि ट्याक्सीमा सवार चार जनाले घाँटीमा गलबन्दिले कसी खुट्टा बाँधि मारी निजसँग भएको नगद र मोबाईल समेत लुटपाट गरेको घटनामा फरार भएका साविक जिल्ला काभ्रे भुग्देउँ महाँकाल गा.बि.स.वडा नं. ७, हाल बेथानचोक गाउँपालिका वडा नं. ६, सिउँरानी घर भएका वर्ष ३६ को बाबु लामालाई  कर्तव्य ज्यान मुद्दामा सम्मानित भक्तपुर जिल्ला अदालतको मिति २०७८/०५/०३ गतेको फैसलाले २० बर्ष कैद ठहर भई हालसम्म फरार रहेका निज प्रतिवादीलाई विशेष सूचनाका आधारमा  जिल्ला झापा मेची न.पा.वडा नं. ६ काँकडभिट्टा एरियाबाट  काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटीगएको प्रहरी टोलीले मिति २०८१/११/२८ गते पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित जिल्ला अदालत भक्तपुर पठाईएको  ।

 

पक्राउ व्यक्ति

नाम :-  बाबु लामा

उमेर :-  ३६

वतन :- जिल्ला काभ्रे भुग्देउँ महाँकाल गा.बि.स.वडा नं. ७ हाल बेथानचोक गाउँपालीका वडा नं. ६ सिउँरानी ।

सम्बन्धित समाचार
“वैदेशिक रोजगारीको लागि अल्बानिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-१२-०१

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अल्बानिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२, टेकुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्ति:-१.  नाम थर           :-    युवराज घिमिरे उमेर                :-    ३४ वर्ष      वतन                :-   जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा. वडा नं.४ ।हाल                :-    काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.१० ।  बिगो रकम        :-    रु. १,००, ०००।- (एक लाख ) देश                 :-    अल्बानियापक्राउ मिति      :-    २०८१।१२।०१ गते ।          पीडित संख्या    :-     १ जना   

“बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ’’
२०८१-१२-०१

सम्मानित श्री काठमाण्डौ जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.०६ बस्ने बर्ष ४९ को कुयाङछुयाङ दोर्जे लामालाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१।११।२८ गते जिल्ला काठमाण्डौ का.म.न.पा. अनामनगर बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज काठमाण्डौमा पठाईएको ।पक्राउ व्यक्ति: नाम: कुयाङछुयाङ दोर्जे लामाठेगाना: जिल्ला दोलखा साविक घ्याङसुकाठोकर गा.वि.स वडा नं. ०५ हाल परिवर्तित मेलुङ गा.पा.वडा नं.०३हाल: जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.०६विगो रकम: ४,०९,२७,१३७।-(चार करोड नौ लाख सत्ताईस हजार एक सय सैंतिस) थप खुल्न आएका विवरण: १.    बैंकिङ कसुर मुद्दामा प्रहरी वृत्त मालिगाउँ  काठमाण्डौमा चलेको मुद्दामा फरार रहेको । (विगो रकम रु २४,००,०००।– चौबिस लाख)

“कानून विपरीत खाद्यान्न सामाग्री विक्री वितरण गर्ने गोदामहरू शिलबन्दी गरिएको”
२०८१-११-२८

अनुमति विना अन्य फर्म तथा कम्पनीको ब्राण्ड तथा ट्रेडमार्क समेत प्रयोग गरी विभिन्न किसिमका खाद्यान्नका बोराहरू प्याकेजिङ गरी अनाधिकृत रूपमा बिक्री वितरण गर्ने गरेको भन्ने सुचनाको आधारमा मिति २०८१/११/२८ गते यस कार्यालय तथा जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, बाणिज्य तथा उपभोक्ता संरक्षण बिभाग र तारकेश्वर नगरपालिका समेतको संयुक्त टोलीले जिल्ला काठमाण्डौ तारकेश्वर न.पा वडा नं ९ स्थित कल्पना बुढाथोकीले संचालन गरेको देवकोटा चिउरा तथा चामल मिलको गोदाम, जिल्ला काठमाण्डौ नागार्जुन न.पा. वडा नं. ७ स्थित खगेन्द्र खत्रीले संचालन गरेको Halesi food khadya udhyog नामक गोदाम र जिल्ला काठमाण्डौ नागार्जुन न.पा वडा नं ४  स्थित मुकेश सिंहले संचालन गरेको श्री गढीमाई प्याकेजिङ उद्योग नामक गोदाममा गई अनुगमन तथा निरीक्षण गर्दा उल्लेखित फर्मका गोदामहरूले खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागबाट कुनै पनि उद्योगको नाममा खाद्य पदार्थ उत्पादन/प्याकिङ तथा बिक्री बितरणको लागि अनुमती नलिएको, खाद्य सामाग्रीहरू उपयुक्त तरीकाले भण्डारण नगरेको, व्यवस्थित नरहेको पाइएकोले उक्त गोदामहरू शिलबन्दी गरी थप अनुसन्धान कार्य भई रहेको ।

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-११-२६

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरु:- १.  नाम थर         :-सरु परियार उमेर             :- २४ वर्ष      वतन            :- जिल्ला गोरखा आरुघाट गा.पा. वडा नं. ४ । हाल             :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६ । बिगो रकम     :- रु.२,५०,०००।– (दुई लाख पचास हजार) देश              :- अष्ट्रेलिया पक्राउ मिति   :- २०८१।११।२५ गते । पक्राउ स्थान  :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.११ । पीडित संख्या :- १ जना   २.  नाम थर       :- जेम्स राना उमेर            :- ३२ वर्ष      वतन           :- जिल्ला कन्चनपुर बेलौरी न.पा. वडा नं.३ । हाल            :- काठमाण्डौं जिल्ला टोखा न.पा. वडा नं.३ । बिगो रकम    :- रु.३,००,०००।– (तीन लाख) देश              :- क्रोएसिया पक्राउ मिति   :- २०८१।११।२५ गते । पक्राउ स्थान   :- काठमाण्डौं जिल्ला टोखा न.पा. वडा नं.३ । पीडित संख्या :- १ जना ३.  नाम थर    :- रेखा तुलाधर उमेर          :- ३४ वर्ष      वतन         :- जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं. ०६ । हाल          :- जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं. ०६ । बिगो रकम  :- रु.१३,०२,०००।– (तेह्र लाख दुई हजार) देश            :- जापान पक्राउ मिति :- २०८१।११।२६ गते । पक्राउ स्थान:- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.१८ । पीडित संख्या:- ४ जना ४.  नाम थर    :- रवि खनाल उमेर          :- २७ वर्ष      वतन         :- जिल्ला धादिङ नीलकण्ठ न.पा. वडा नं.०९ । हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६ । बिगो रकम  :- रु.१४,००,०००।– (चौध लाख) देश            :- अमेरिका पक्राउ मिति :- २०८१।११।२५ गते । पक्राउ स्थान:- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.२२ । पीडित संख्या:- १ जना

“वैदेशिक रोजगारीको लागि अमेरिका देशमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-११-२६

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अमेरिका देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरु:- १.  नाम थर    :-ललित  लिम्बु भन्ने ललित बहादुर ईवारम उमेर        :- ४० वर्ष      वतन       :- जिल्ला ताप्लेजुङ सिरिजङ्‍घा गा.पा. वडा नं.१ । हाल        :- जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा नं.०८ । २.  नाम थर       :- दपेश लिम्बु भन्ने दिपेश सुब्बा लिम्बु उमेर            :- ३३ वर्ष      वतन            :- जिल्ला ताप्लेजुङ सिरिजङ्‍घा गा.पा. वडा नं.१ । हाल             :- जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा नं.०८ ।   बिगो रकम    :- रु.५३,००,०००।– (त्रिपन्न लाख) देश              :- अमेरिका पक्राउ मिति   :- २०८१।११।२५ गते । पक्राउ स्थान   :- काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.८ । पीडित संख्या :- १ जना

“ठगी मुद्दामा फरार प्रतिवादीहरु पक्राउ"
२०८१-११-२५

रमेश बस्नेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सन्देश श्रेष्ठ समेत भएको ठगी सम्बन्धी कसुर मुद्दामा विगो रकम ३०,००,०००।– (तिस लाख) माग दावी भई श्री सम्मानित भक्तपुर जिल्ला अदालतबाट मिति २०८०।०८।२२ गते ठगी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादीहरुलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१।११।२३ गते जिल्ला ललितपुर, ललितपुर म.न.पा. वडा नं. ०४ बागडोलबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाईएको । पक्राउ व्यक्तिहरु: १.    जिल्ला गुल्मी कालीगण्डकी गा.पा. वडा नं. ०६ घर भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा. वडा नं. ४ बागडोल बस्ने वर्ष ३२ को समुन्द्र श्रेष्ठ...................................................................................................................................।२.    जिल्ला गुल्मी कालीगण्डकी गा.पा. वडा नं. ०६ घर भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा. वडा नं.४ बागडोल बस्ने वर्ष ३४ को सन्देश श्रेष्ठ..................................................................................................................................।थप अनुसन्धानबाट खुल्न आएका कुराहरु:·      सार्वजानिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्व जिल्ला प्रहरी परिसर ललितपुरमा चलेको मुद्दामा समुन्द्र श्रेष्ठ  फरार रहेको । बैंकिङ  कसुरा मुद्दामा जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त लैनचौर काठमाण्डौमा चलेको मुद्दामा समुन्द्र श्रेष्ठ फरार रहेको