“खैरो हेरोईन र गाँजा सहित २ जना व्यक्तिहरू पक्राउ”
२०८१-१२-०६
- A
- A-
- A+
मिति २०८१।१२।०५ गते अं.१५:०० बजेको समयमा जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं.०९ मण्डिखाटार एरियामा लागू औषधको ओसार-पसार तथा कारोवार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला दोलखा, बैतेश्वर गा.पा. वडा नं.०८ स्थायी वतन भई हाल का.जि.का.म.न.पा. वडा नं.०९ बुढानिलकण्ठ बस्ने मनिष भुजेल समेत २ जनालाई लागू औषध खैरो हेरोईन जस्तो देखिने लेसिलो पदार्थ २२ ग्राम, लागू औषध गाँजा जस्तो देखिने वस्तु ५०० ग्राम, डिजिटल तराजु थान-१ र नगद रू. उनान्तीस हजार समेत फेला पारी पक्राउ गरी मिति २०८१।१२।०६ गते निजहरुलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्ठौ, भद्रकाली पठाईएको ।
पक्राउ व्यक्तिहरू :
१. नाम : मनिष भुजेल
उमेर : २५ बर्ष
ठेगाना : जि. दोलखा, बैतेश्वर
गा.पा. वडा नं.०८
हाल : का.जि. बुढानिलकण्ठ न.पा.
वडा नं.०९
२.
नाम: आयुष गुरुङ
उमेर: २७ बर्ष
ठेगाना: जि.
सुनसरी, रामधुनी न.पा.०१
हाल: का.जि. बुढानिलकण्ठ न.पा.
वडा नं.०९
बरामद दशीहरुः
१.
लागू औषध खैरौ हेरोईन
जस्तो देखिने लेसिलो पदार्थः २२ ग्राम
२. लागू औषध गाँजा जस्तो देखिने वस्तुः ५०० ग्राम
३.
MODEL No- PBP -1057 डिजिटल तराजु थान - १
४.
नगद रू.२९,०००।– (उनान्तीस हजार)
५.
मोवाईल थान - २