प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”

२०८१-१२-०७

  • A
  • A-
  • A+
Share

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि माल्टा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.०६, सरस्वती कोलोनीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।


पक्राउ व्यक्ति:-


१.  नाम थर           :-    प्रकाश बहादुर सिंह  

उमेर                :-    ५१ वर्ष     

वतन                :-   जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा. वडा नं.०९ ।

हाल                :-    काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.०९ ।  

बिगो रकम        :-    रु. ७,७०,०००।- (सात लाख सत्तरी हजार )

देश                 :-    माल्टा

पक्राउ मिति      :-    २०८१।१२।०६ गते ।

पक्राउ स्थान      :-    काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.०६ । 

पीडित संख्या    :-    १ जना   

सम्बन्धित समाचार
"बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०३-१६

वादी नेपाल सरकार प्रतिवादी दिनेश थापा भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला खोटाङ खोटेहाङ गा.पा. वडा नं.०८ घर भई हाल जिल्ला  काठमाण्डौं .का.म.न.पा. वडा नं ०७ वस्ने वर्ष ४३ को दिनेश थापालाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१५ गते अन्दाजी १४:०० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०८ गुहेश्वरीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त नयाँ बानेश्वर, काठमाण्डौं  पठाइएको ।       पक्राउ व्यक्तिको विवरण:- १. नाम थर       :- दिनेश थापाउमेर           :- ४३ वर्षस्थायी वतन   :- जिल्ला खोटाङ खोटेहाङ गा.पा. वडा नं.०८ । हाल  :- जिल्ला  काठमाण्डौं .का.म.न.पा. वडा नं ०७ ।      बिगो रकम   :- रु.१४,२५,०००।–(चौध लाख पच्चीस हजार)पक्राउ मिति  :- २०८२/०३/१५ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ०८ गुहेश्वरी । पीडित संख्या:- १ जनाप्रतिवादी दिनेश थापा संलग्न अन्य कसुरहरु :-१. जिल्ला प्रहरी कार्यालय भोजपुरमा विगो रु. १०,३०,००० ।- भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको ।२. प्रहरी वृत्त दरबारमार्गमा विगो रु. १,९५,००० ।- भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको । ३. प्रहरी वृत्त नयाँ बानेश्वरमा विगो रु. २,००,००० ।- भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको ।

"वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०३-१६

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अमेरिका लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.०४ सुकेधाराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौमा पठाईएको ।पक्राउ व्यक्तिको विवरण:-१. नाम थर       :- रन्जन पाण्डे उमेर            :- ३० वर्षस्थायी वतन  :- जिल्ला तनहुँ व्यास न.पा. वडा नं.१२ ।हाल           :- जिल्ला काठमाण्डौं चन्द्रगिरी न.पा. वडा नं.०७ । देश             :- अमेरिकाविगो रकम    :- रु. ७५,५०,०००।–(पचहत्तर लाख पचास हजार)(वैदेशिक रोजगार विभागबाट दुई वटा पक्राउ अनुमति बिगो रु. ७१,००,०००।– र सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट ठगी मुद्दामा प्राप्त पक्राउ अनुमति बिगो रु.४,५०,०००।-)पक्राउ मिति   :- २०८२/०३/१५ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०४ ।पीडित संख्या :- १ जना     पठाइएको कार्यालय:- जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौं । 

“फरार प्रतिवादी पक्राउ”
२०८२-०३-१६

वादी नेपाल सरकार प्रतिवादी सबिन महर्जन भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालत,बबरमहलबाट मिति २०८१।११।२६ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी बृत्त महाराजगञ्ज, काठमाण्डौ पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-    नामथर: सबिन महर्जन   उमेर: ३६ बर्ष   ठेगाना: जि.काठमाण्डौ साविक मनमैजु  गा.बि.स. वडा नं. ५ हाल परिवर्तित तार्केश्वर न.पा. वडा नं. ९ स्थायी वतन भई  ऐ.ऐ. बस्ने  बिगो: रु. ९,८०,०००/-(नौ लाख असी हजार रुपैंया)  पक्राउ मिति: २०८२।०३।१६ गते   पक्राउ स्थान:  का.जि.का.म.पा. वडा नं. १६ बनस्थलीअनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरू:   Ø  प्रहरी वृत्त थानकोट काठमाण्डौमा  मिति २०८१।०६।०९ गते  दर्ता भएको रू. १,५०,००,०००।-  ( एक करोड पचास लाख ) बैंकिङ कसुर मुद्दामा फरार । Ø  प्रहरी वृत्त बालाजु काठमाण्डौमा  मिति २०८१।०७।२७ गते  दर्ता भएको रू. ७,००,०००।-  ( सात लाख ) बैंकिङ कसुर मुद्दामा फरार । 

"फरार प्रतिवादी पक्राउ"
२०८२-०३-१५

आईते लामा तामाङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी खड्ग बहादुर कार्की भएको बैंकिङ कसुर मुद्दामा ( मु.नं. ०८०- C१-००८२) सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहलको मिति २०८०।११।२२ गतेको फैसलाले १० (दश) दिन कैद र रु. २०,००,०००/-  (बीस लाख  ) जरीवाना ठहर भई हालसम्म फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी मिति २०८२।०३।१५ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहल पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-    नामथर: खड्ग बहादुर कार्की,    उमेर: ४७ बर्ष,    ठेगाना : जि.रामेछाप खाँडादेवी गा.पा. वडा नं. २ घर भई  हाल काठमाण्डौ जिल्ला का.म.न.पा. वडा  नं.१४ कलंकी बस्ने,    मुद्दा:  बैंकिङ कसुर    पक्राउ मिति: २०८२।०३।१५ गते,    पक्राउ स्थान: काठमाण्डौ जिल्ला का.म.न.पा.१४ बल्खू, अनुसन्धानको क्रममा खुल्न आएका तथ्यहरू:Ø  जिल्ला प्रहरी परिसर काठमाण्डौमा  मिति २०८२।०२।१२ गते  दर्ता भएको रू. १,२८,००,०००।-  ( एक करोड अठाईस लाख ) बैंकिङ कसुर मुद्दामा फरार ।Ø   जिल्ला प्रहरी परिसर काठमाण्डौमा  मिति २०८०।०८।२४ गते  दर्ता भएको रू. ८०,००,०००।- ( असी लाख ) बैंकिङ कसुर मुद्दामा फरारØ  जिल्ला प्रहरी परिसर ललितपुरमा  मिति २०८१।०८।०४ गते  दर्ता भएको रू. ४,००,०००।-  (चार लाख) बैंकिङ कसुर मुद्दामा फरार Ø  प्रहरी बृत्त मालिगाँउ, काठमाण्डौमा मिति २०७९।१२।१२ गते दर्ता भएको रू. २,५०,०००।- ( दुई लाख  पचास हजार ) बैंकिङ कसुर मुद्दामा फरार ।Ø  प्रहरी बृत्त मालिगाँउ, काठमाण्डौमा मिति २०७९।११।०८ गते दर्ता भएको रू.२०,००,०००।- ( बीस लाख  ) बैंकिङ कसुर मुद्दामा फरार ।  

“फरार प्रतिवादी पक्राउ "
२०८२-०३-१३

वादी प्रदिप के.सी. प्रतिवादी असारी लिम्बु भएको चेक अनादर मुद्दामा (लगत नं.५०/३४६७/१७७९) सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहलको मिति २०८२।०१।२६ गतेको फैसला बमोजिम प्रतिवादीबाट भरिपाउने ठहरेको बिगो रकम बापतको २ (दुई) बर्ष कैद हुने गरी सम्मानित अदालतको मिति २०८२।०१।२८ गते आदेश भई हाल सम्म फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी  मिति २०८२।०३।१३ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहल पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:-   नामथर: असारी लिम्बु,   उमेर: ५५ बर्ष,   ठेगाना : जि. मोरङ लेटाङ न.पा. वडा नं.०९ जाँते स्थायी ठेगाना भई हाल जि. ललितपुर महालक्ष्मी न.पा. वडा नं.३ ईमाडोल बस्ने,   मुद्दा :  चेक अनादर,   सजाय : बिगो वापत २ बर्ष कैद,   पक्राउ मिति: २०८२।०३।१३ गते,   पक्राउ स्थान: जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.११ थापाथली,  

"वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०३-१३

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि सर्बिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१० बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौमा पठाईएको ।पक्राउ व्यक्तिको विवरण:-१. नाम थर       :- सुनिल कुमार सोनारउमेर            :- २३ वर्षस्थायी वतन  :- जिल्ला पर्सा सखुवा प्रर्सौनी गा.पा. वडा नं.०६ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०९ ।देश             :- सर्बियाविगो रकम    :- रु. १०,००,०००।-(दश लाख)पक्राउ मिति   :- २०८२/०३/१२ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१० ।पीडित संख्या :- २ जना     पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं