“आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर उद्योगमा संलग्न व्यक्ति पक्राउ”
२०८१-१२-०८
- A
- A-
- A+
आपराधिक लाभ लिने उद्देश्यसहित योजनावद्ध तवरले बिभिन्न धाक धम्की दिई अपहरण
समेत गर्ने डर त्रास देखाई रकम माग गरेको भन्ने जाहेरीको
आधारमा यस कार्यालयबाट अनुसन्धान गर्न खटिएको प्रहरी टोलिले उक्त घटनामा संलग्न सुदिप कुमार साह गुप्तालाई
मिति २०८१।१२।०७ गते जिल्ला काठमाण्डौ का.म. न.पा. वडा नं. ३२ कोटेश्वर महादेवस्थानबाट
पक्राउ गरी आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुर
उद्योगमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाण्डौ
पठाईएको ।
साथै, निज प्रतिवादी सुदिप कुमार साह गुप्ता
यस अघि प्रहरी वृत, थानकोटबाट मिति २०७९।०८।१५ गते लागु औषध नियन्त्रण ऐन २०३३
बमोजिमको कसुर र प्रहरी वृत सिंहदवारबाट चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा
प्रतिवादी कायम भई अनुसन्धान भएको अभिलेखबाट देखिन आएको ।
पक्राउ व्यक्तिः
१.
नाम: सुदिप कुमार साह गुप्ता
ठेगाना : जि. सर्लाही, धनकौल गा.पा.वडा नं.०२
हाल : जि. भक्तपुर, सुर्यविनायक न.पा.वडा नं.०२ लोकन्थली