“ वैदेशिक रोजगारीको लागि माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ ”
२०८१-१२-११
- A
- A-
- A+
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका
लागि माल्दिभ्स लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क
विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी
ठगी गर्ने निम्न व्यक्तिलाई काठमाण्डौं जिल्ला काठमाण्डौँ म.न.पा. वडा नं.१२, टेकुबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं
पठाईएको ।
पक्राउ व्यक्ति:-
१.
नाम
थर :- हरी
बहादुर रुचाल
उमेर :- ५१ वर्ष
वतन :- जिल्ला
रामेछाप खाँडादेवी गा.पा. वडा नं.०५ ।
हाल :- भक्तपुर
जिल्ला मध्यपुर ठिमी न.पा. वडा नं.०५ ।
बिगो रकम :-
रु. २,२४,०००।- (दुई लाख चौबिस हजार )
देश :- माल्दिभ्स
पक्राउ मिति :- २०८१।१२।११ गते ।
पक्राउ स्थान :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१२ ।
पीडित संख्या :- १ जना